पोखरा २२ का ५० परिवारलाई रोटरी क्लबकाे विद्युतिय चुल्हो सहयोग

पाेखरा | जेठ १८, २०८२

पोखरा २२ का ५० परिवारलाई रोटरी क्लबकाे विद्युतिय चुल्हो सहयोग

पोखरा:   रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ ।

 

कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागीमध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग लिनु पर्ने सुझाव दिदैं ग्यास र दाउरामा खाना पकाउन भन्दा सस्तो पर्ने समेत बताए ।

 

सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लब संग सहकार्य गरेर आफ्नो वडालाई धुवा मुक्त भान्सा वनाउने अभियानमा जोडिन पाउनु नै गर्वको कुरा भएको बताए ।

 

उनले वातावरण जोगाउँदै स्वस्थ रहि आफ्नै देशमा उत्पादन भएको विजुलीको अधिकतम् उपयोग गर्नु पनि नागरिकको कर्तव्य भएको बताए ।

 

कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले आगामी वर्ष पोखरा २२ का सबै घर धुरी धुवा मुक्त बनाउन सबै वडावासीलाई विद्युतिय चुल्हो तथा अन्य आवश्यक किचन सामाग्रीहरु वितरण गर्ने योेजना रहेको बताए ।

 

क्लबका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पुर्व अध्यक्षहरु सुवास सिग्देल, गिता सिग्देल, कार्यक्रम संयोजक प्रेम प्रसाद शर्माले बाेलेको कार्यक्रमको संचालन सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्